×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिस होमको नयाँ सेवा केन्द्र मुर्गियामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिस होमको नयाँ सेवा केन्द्र मुर्गियामा

Artha Sarokar

४ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिस होमको इन्टरनेट सेवाको नयाँ शाखाको उद्घाटन भएको छ । शाखाको उद्धघाटन नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको आतिथ्यतामा भएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिस होमका कर्मचारीहरु तथा अन्य उल्लेखनीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नवउद्घाटित सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिस होमका विविध सेवाहरू उपलब्ध गराउनेछ । ग्राहकहरूले शाखाबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन् ।

सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिने कम्पनीले जनाएको छ ।

डिस होमको यो नयाँ शाखाले सैनामैना नगरपालिकाका नागरिकहरूलाई डिजिटल सेवा सम्बन्धी सहज पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी