काठमाडौँ । ईसेवा मनि ट्रान्सफरले काठमाडौँमा घर जित्ने भाग्यशाली विजेता मङ्सिर १२ गते घोषणा गर्ने भएको छ । ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण गरिनुका साथै, ईसेवा मनी ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिने ईसेवा मनि ट्रान्सफरले जनाएको हो ।
ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोबारलाई प्रोत्साहन गर्ने हेतुका साथ दुई वर्ष अघि सुरु गरेको मेरो डिजिटल देश अभियानले १४ महिना अघि (असोज १, २०८०) पुन: निरन्तरता पाउँदै काठमाडौँमा घर उपहार दिने विशेष योजना सार्वजनिक गरेको थियो।
यस योजना अन्तर्गत विदेशबाट ईसेवा मनी ट्रान्सफर मार्फत इसेवा वलेटमा रेमिट्यान्स पठाउने सेवाग्राहीहरू मध्ये एकजना भाग्यशाली विजेताले काठमाडौँमा घर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । यो अवधिभर १० जना भाग्यशाली विजेताले आफूले पठाएको रकम दोब्बर गरिसकेका छन् भने ४ परिवारले विशेष सरप्राइज पुरस्कार पनि प्राप्त गरिसकेका छन्।
ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘मेरो डिजिटल देश’ अभियानद्वारा हामीले देश तथा विदेशमा रहेका नेपालीहरूको अनुहारमा खुसी ल्याउने सानो प्रयास गर्यौं र यसै क्रममा हामी अहिले काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको पर्खाइमा छौँ। हाम्रो यो योजनाको मुख्य उद्देश्य भनेको सहज र सुरक्षित तवरले डिजिटल माध्यमबाट तपाईंहरूले पठाउनु भएको माया घरसम्म पुर्याउनु हो।’
ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनी ट्रान्सफर, नेपालभर फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्