काठमाडौँ । २१ वर्षदेखि फेल भएका ११ र १२ का विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र १२ मा विभिन्न विषयमा फेल भएका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिइएको जनाएको छ ।
बोर्डका अनुसार २०५६ सालदेखि २०७७ सम्म फेल भएका विद्यार्थीहरुका लागि मौका परीक्षाको यो अवसर अन्तिमपटक हो ।
रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सो भन्दा बढी र ७७ वा सो भन्दा कम (कक्षा १२) एवम् ७६ वा सो भन्दा कम (कक्षा ११) भएका विद्यार्थीले कक्षा ११ वा १२ वा दुवैमा आफू अनुत्तीर्ण वा तोकिएको ग्रेड (पुरानो ग्रेडिङ प्रणाली अनुसार डि र ई) प्राप्त गर्न नसकेको विषयमा आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।
बोर्डका अनुसार परीक्षा आवेदन शुल्क प्रति प्रशिक्षार्थी प्रति खण्ड एक हजार रुपैयाँ तोकिएको छ भने प्रयोगात्मक विषय मात्र बाँकी रहेका प्रशिक्षार्थीहरुले समेत तोकिएको समयभित्र प्रति खण्ड एक हजार रुपैयाँ शुल्क बुझाई परीक्षा आवेदन भर्न सक्नेछन् । यस्तो छ बोर्डको सूचनाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्