काठमाडौँ । नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो ।
यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको छ ।
भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरेका हुन् । नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ ।
नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ । बङ्गलादेशलाई बिजुली बेच्दा कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भइ मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्