काठमाडौं । भन्सार शुल्क घटेसँगै सोमबार सुनको भाउ ह्वात्तै घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १५ हजार ९०० रुपैयाँले घटेर एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
एकै दिन नसोचेको गरि सुनको भाउ घटेपछी सुन पसलमा सुन किन्नेहरु बढेका हुन् । विशेषगरी आउँदो विवाह पन्चमीको दिन विवाहको तयारी गरिरहेकाहरुको भीड सुन पसलहरुमा बढी देखिएको छ ।
यता चाँदीको मूल्य ११५ रुपैयाँले घटेर प्रतितोला १८४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २९ हजार ७ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५८२ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्