काठमाडौँ । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन कार्तिक २४ गते शनिबार पोखरामा सम्पन्न भएको हो ।
संस्थाको १५औं वार्षिक साधारण सभाको उद्धघाटन जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालाले गरेकी थिइन् । सो अवसरमा बोल्दै कोइरालाले सहकारीलाई जिवन्त राख्नका लागि सञ्चालक, कर्मचारी, सेयर सदस्य सबैको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
वर्तमान अवस्थामा केही सहकारीमा देखा परेको समस्याका कारण राम्रा काम गरिरहेका सहकारीलाई अप्ठ्यारो परेको उनले उल्लेख गरिन् । ‘अहिले जनमानसमा सहकारी प्रति अविश्वास बढ्दै गएको छ । चोकचोकका चिया पसलदेखि चौतारासम्म सहकारीका कुराहरु हुन्छन्’, उनले भनिन्, ‘वर्तमान अवस्थामा केही सहकारीमा देखा परेका समस्याका कारण नियम कानुनमा रहेर चलेका सहकारीमासमेत त्यसको असर देखिएको छ ।’
सभामा उत्कृष्ट कर्मचारी, सेयर सदस्य र विद्यार्थीलाई सम्मान गरिएको थियो । संस्थाको १५ औं वार्षिक साधारणको अवसरमा संस्थाका शेयर सदस्यका छोराछोरीले एसइई एवम् विभिन्न तहको परिक्षामा उत्कृष्ट अङ्क लिएर पास हुने कृति लामिछाने दृश्य पन्थी, सुजन ढकाल, पुजा विक, दिपिका कुमारी शर्मा, निश्चल कार्की, गोविन्दनाथ योगी, आयुष तिवारी, अनुपम रिजाल, कपिल दाहाल, सृजना अधिकारी क्षेत्री, प्रतिभा अधिकारी , जेनिशा मल्ल, सुरक्षा दाहाल, जिया राना, राहुल शर्मा, सुवेक्षा भण्डारी, सम्रात गुरुङ सम्मानित भए ।
यस्तै उत्कृष्ट बालबच्चातर्फ इशा पाण्डे, मोतिकला राई, सिमम तामाङ, कमला नेपाली उत्कृष्ट कारोबारीतर्फ कमला नेपाली, संहा शाह, धनकुमारी पोखरेल, उत्कृष्ट कर्मचारीतर्फ संस्थाका कर्जा व्यवस्थापक नारायण अधिकारीलाई सम्मान गरिएको थियो ।
त्यस्तै, सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा एवम् छैठौ अधिवेशनबाट अध्यक्षमा पुनः कृष्णप्रसाद तिमिल्सिना दोहोरिएका छन् । पोखरामा शनिबार सम्पन्न भएको अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ९ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा, सचिवमा मनोज रसाईली, कोषाध्यक्षमा श्रीजन श्रेष्ठ चयन भए । यस्तै सदस्यहरुमा शान्ता देवकोटा, हरि प्रसाद न्योपाने, सूर्य श्रेष्ठ, बाबुराम आचार्य र रिता प्रधान चुनिए । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोकर्ण कार्की, सदस्यहरुमा कृष्णबहादुर लम्साल र श्रीराम आचार्य चयन भएका छन् ।