काठामाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।
यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्री दर एक सय ७० रुपैयाँ ८० पैसा निर्धारण भएको छ ।
केन्द्रीय बैंकले स्वीस फ्याङ्क एकको खरिद दर एक सय ५१ रुपैयाँ ७३ पैसा, बिक्री दर एक सय ५२ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ सात पैसा, बिक्री दर ८७ रुपैयाँ ४६ पैसा निर्धारण भएको जनाएको छ ।
क्यानेडियन डलर एक को खरिद दर ९५ रुपैयाँ ६२ पैसा, बिक्री दर ९६ रुपैयाँ पाँच पैसा, सिङ्गापुर डलर १ को खरिद दर एक सय रुपैयाँ ३५ पैसा, बिक्री दर एक सय रुपैयाँ ७९ पैसा बराबर रहने गरी विनिमयदर तय गरेको छ । यस्तै, जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७३ पैसा, बिक्री दर आठ रुपैयाँ ७७ पैसा तय भएको छ । चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा, बिक्री दर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एक को खरिद दर ३५ रुपैयाँ ९१ पैसा, बिक्री दर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एक को खरिद दर ३६ रुपैयाँ ९६ पैसा, बिक्री दर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्री दर तीन रुपैयाँ ८९ पैसा, यूएई दिराम एक को खरिद दर ३६ रुपैयाँ ६८ पैसा, बिक्री दर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ ।
मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ १४ पैसा, बिक्री दर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।
स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ २७ पैसा, बिक्री दर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा, हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३१ पैसा र बिक्री दर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ ।
त्यस्तै, कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ एक पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ९६ पैसा र बहराइन दिनार एक को खरिद दर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्री दर तीन सय ५९ रुपैया छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्