×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरतामुलक कार्यक्रम सम्पन्न

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरतामुलक कार्यक्रम सम्पन्न

Artha Sarokar

२६ कार्तिक २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंकले वित्तीय साक्षरतामुलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत सोमबार वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।

कर्जा, बचत तथा बैंकिङ सेवा सुविधा जस्ता विषय सम्वन्धी ज्ञान प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । बैंकको कर्मचारीहरुको उपस्थितीमा उक्त प्रभातफेरी कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर देखि मैतीदेवी मन्दिर, डिल्लीबजार, नक्साल भगवती मन्दिर हुँदै पुन: बैंकको केन्द्रीय कार्यालय सम्म भएको थियो ।

यस प्रभातफेरी कार्यक्रमको माध्यमबाट समुदायका सदस्यहरुलाई वित्तीय व्यवस्थापन र आर्थिक अवसरहरुको बारेमा बुझ्न मद्दत पुर्याउने बैंकले विश्वास लिएको छ । कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागिय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको उपस्थिती थियो ।

बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी