काठमाडौँ । सरकारले सुनको भन्सार महसुल घटाएसँगै मूल्यमा भारी गिरावट आएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने निर्णय कार्यान्वयन भएसँगै सोमबार सुनको भाउ ह्वात्तै घटेको हो ।
आज सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
सरकारले गरेको एक निर्णयले सोमबार सुन किन्नेहरुलाई अघिल्लो दिनको तुलनामा तोलामै १५ सय रुपैयाँ फाइदा भएको छ । आइतबार सुनको मूल्य एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, एकै दिन तोलामै झन्डै १६ हजार रुपैयाँले भाउ घटेपछि मङ्सिर ८ को विवाहका लागि सुन किनेका नव जोडीहरू भने स्तब्ध बनेका छन् । आफ्नो विवाह पनि सकिनु र सुनको भाउ नसोचेको घटेपछि नव विवाहित जोडीहरू स्तब्ध बनेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्