×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानव तस्करीको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मानव तस्करीको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ

Artha Sarokar

२५ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मानव तस्करीको आरोपमा अधिकारीलाई प्रहरीले विराटनगरस्थित उनको निवासबाटै पक्राउ गरेको हो ।

उनलाई आज आइतबारनै काठमाडौँ पठाउने तयारी गरिएको छ ।

मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य तीन जना पनि जापान गएका थिए । तर, जापानको अध्यागमनले अधिकारीसहित तीन जनालाई विमानस्थलबाट फर्काइदिएको थियो ।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

अधिकारीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी