Skip to content
LAXMI SUNRISE BANK

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार सहितको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको हो।

कोशी प्रदेशबााट योग्य भएका करिब ५५ जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

साथै, स्किमा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट हुने अभिकर्ताहरुलाई सम्मान गरेका हुन् ।  यो कार्यक्रम मधेश प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भई सकेको र छिट्टै नै अन्य प्रदेशहरुमा पनि गरिने जानकारी गराए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभर बाट तीन सय भन्दा बढि अभिकर्ताहरु छनौट भएको मा कोशी प्रदेशबाट मात्रै ५५ जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरे ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुबै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK