×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो नयाँ सुविधा, ग्राहकहरुले भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सक्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसेलले ल्यायो नयाँ सुविधा, ग्राहकहरुले भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सक्ने

Artha Sarokar

६ मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सकिने कम्पनीले जनाएको हो ।

सधैं अनमा ग्राहकहरुले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउँने गरेका छन् । सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्छन् । त्यसैगरी बाँकी डेटालाई पनि भ्वाइसमा रुपान्तर गर्न सकिन्छ ।

यो सुविधा सधैं अनका रु ३९९, रु ४९९ र रु ५९९ का प्याकहरुमा मान्य रहेको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफुलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् ।

त्यस्तै, उदाहरणका लागि ग्राहकले ५० मिनेटको भ्वाइस सेवालाई १२ सय ५० एमबी डेटासँग साट्न सक्छन् । त्यसैगरी उदाहरणका ग्राहकले लागि १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रुपान्तर गर्न सक्छन् । आफुसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशत सम्मको सेवा आफुलाई आवश्यक सेवा अनुसार साट्न सकिने सुविधा रहेको छ ।

एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन । एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जीबी डेटा पनि नि:शुल्क प्राप्त गर्दछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी