×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

१० मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु जिल्ला पासाङल्हामु गाउँपालिका वडा नं.  १ घर भई हाल काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं ६ बस्ने ५२ वर्षीय गिता बहादुर मगर रहेका छन् ।
उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर कोरिया पठाउने भन्दै ठगी गरेका थिए । प्रहरीका अनुसार उनले चार जनाबाट ९ लाख रुपैयाँ ठगी गरेका थिए ।
पीडितहरुले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका वडा नं.  १२ बाट पक्राउ गरेको थियो ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी