काठमाडौँ । पोखरामा रवि लामिछानेको समर्थनमा नाराबाजी गर्ने ७ जना पक्राउ परपेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै गर्दा उनीहरुले रवि लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए ।
सोही क्रममा प्रहरी र रास्वपाका समर्थकबीच मुठभेटको अवस्थासमेत सृजना भएको थियो । अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याससमेत प्रहार गरेको थियो ।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा प्रदर्शनमा उत्रिएका ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताहरुले पोखराको रत्नचोकमा नाराबाजी गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्