काठमाडौँ । वैदेशिक रोजगारीका लागि दुबई पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ जिल्ला गङ्गाजमुना गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौँ जिल्ला तार्केश्वर नगरपालिका वडा नं. १० मनमैजु बस्ने ३० वर्षीय संजिव गुरुङ्ग रहेका छन् ।
उनले बेरोजगारी युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर दुबई पठाउने भन्दै तीन जनाबाट १९ लाख ७० हजार ठगी गरेका थिए ।
गुरुङलाई पीडितहरुले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले कार्तिक २३ गते मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्