काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताएका छन् । काठमाडौँमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारले राम्रो सन्देशसहित राम्रो काम गरिरहेको पनि उल्लेख गरेका छन् ।
उनले देशमा सहकारी पीडित नागरिकहरु धेरै भएको भन्दै सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको दाबी गरेका छन् । अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको समेत मन्त्री यादवले बताउका छन् ।
त्यस्तै, मन्त्री यादवले गल्ती गर्नेहरु ठूलै राजनीतिक दलहरु नै भए पनि सरकारले नछोड्ने बताएका छन् । उनले अप्रत्यक्ष रुपमा रास्वपालाई लक्षित गर्दै आन्दोलन गरेर सहकारी पीडितले पैसा नपाऊन् भन्ने गरी काम भएको समेत बताएका छन् । सहकारी ठगीमा एमालेले आफ्नै पार्टीका मेयर तथा पदाधिकारीमाथि अनुसन्धान गरिरहेका भन्दै उनले अहिलेको विरोध विरोधकै लागि मात्र भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्