×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि पक्राउको विरोधमा रास्वपाले आज पनि प्रदर्शन गर्ने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रवि पक्राउको विरोधमा रास्वपाले आज पनि प्रदर्शन गर्ने 

Artha Sarokar

२१ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि विरोध प्रदर्शन हुने भएको छ । प्रदर्शन जारी रहनेबारे पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

झाका अनुसार बुधबार दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गरिने भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको हो । उनीमाथि तेस्रो पटक म्याद थपका क्रममा कास्की जिल्ला अदालतले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

मङ्गलबार पोखरामा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले रास्वपाका १५ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो भने भीड नियन्त्रण गर्न ४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । लामिछानेको पक्राउविरुद्ध रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी