काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनसमर्थन र प्रभाव बढेपछि सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिएको बताएको छ । रास्वपा केन्द्रीय समितिको बैठकले लामिछानेलाई हिरासतमा राख्नु रास्वपाको प्रभाव र जनसमर्थन दबाउने षड्यन्त्र भएको निष्कर्ष निकालिएको कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा सहकारीबाट ऋण लिने प्रक्रियामा लामिछानेको संलग्नता नरहेको उल्लेख भए पनि सत्ता गठबन्धनले राजनीतिक रूपमा निषेध गर्न लामिछानेलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘सभापति रवि लामिछाने विरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको घोर भत्सर्ना गर्दछ । यो कारबाही सत्तारुढ राजनीतिक दलहरुले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याई छ ।’, विज्ञप्तिमा भनिएको छ ।
साथै रास्वपाले संसदीय छानविन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४४९ मा सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भए पनि सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउ पछि वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न हो भन्ने कुरा प्रष्ट देखिएको बताएको छ । कुनै बेला राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरु आज नवीन विचार र आवाजलाई दबाउन उद्धत रहेको रास्वपाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, रास्वपाले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पनि मुलुकमा विद्यमान राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आम जनतालाई जागृत बनाउने गरी अभियान संचालन गर्ने निर्णय गरेको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको उजुरी परेपछि २ कात्तिकमा लामिछाने पक्राउ परेका छन् । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीमाथि संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ । रास्वपाका नेता तथा कार्यकर्ताहरुले रवि लामिछाने पक्राउविरुद्ध आन्दोलन पनि गर्दै आइरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्