×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बयानका लागि रविलाई आज काठमाडौँ ल्याइँदै 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बयानका लागि रविलाई आज काठमाडौँ ल्याइँदै 

Artha Sarokar

११ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज काठमाडौँ ल्याइँदै छ । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका उनलाई मङ्गलबार बिहान बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याउन लागिएको हो । 

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनको बयान लिइने छ ।

कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो । उनको बयान लिएर फेरि पोखरामै फर्काइने छ । 

गत कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले लामिछानेलाई काठमाडौँको बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । रवि विरुद्ध जिल्ला अदालत रूपन्देही र काठमाडौँ जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ भने चितवनमा उनीविरुद्ध सहकारीका बचतकर्ताले जाहेरी दिएका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी