काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न माग गरेको छ । नेपाल राष्ट्र बैंकका नाममा पत्र लेख्दै प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का गर्न माग गरेको हो ।
डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरुले २०७२ साल माघदेखि २०७५ बैशाखसम्मको महसुल बक्यौता नतिरेको प्राधिकरणको दाबी छ ।
सो बक्यौता असुली गर्दा उद्योगको विद्युत विच्छेदबाहेकका कारबाही गर्नू भन्ने विद्युत नियमन आयोगको निर्देशन अनुसार बक्यौता नतिर्ने उद्योगहरुले बक्यौता नतिर्दासम्म खातामा पैसा जम्मा गर्न पाउने तर पैसा झिक्न नपाउनेगरी खाता रोक्का गर्न प्राधिकरणले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
‘रकम असुली नभएसम्म ती कम्पनीहरुले खातामा रकम जम्मा गर्न पाउने, खाताबाट रकम झिक्न नपाउने गरी बैंक खाता रोक्का गरी विद्युत महसुल बापतको सार्वजनिक राजश्वको रकम असुली गर्ने कार्यमा सहयो गरिदिनहुन अनुरोध छ ।’, प्राधिकरणले राष्ट्र बैंकलाई लेखेको पत्रमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्