×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

Artha Sarokar

४ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सानिमा बैंक लिमिटेडको २०औँ साधारणसभा सम्पन्न भएको छ । मङ्सिर ४ गते मंगलबार बैंकको साधारणसभा सम्पन्न भएको हो ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी