×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटन क्षेत्रबाट धेरै कर तिर्ने तारागाउँ रिजेन्सी सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पर्यटन क्षेत्रबाट धेरै कर तिर्ने तारागाउँ रिजेन्सी सम्मानित

Artha Sarokar

३ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आर्थिक वर्ष २०७९/८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौँ बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्मानित भएको छ ।

काठमाडौँको बौद्धस्थित ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो उक्त होटललाई आन्तरिक राजस्व विभागले उत्कृष्ठ करदाताको रुपमा सम्मान गरेको हो । होटल यसअघि पनि पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्नेमा कम्पनीका रुपमा पटक-पटक सम्मानित भइसकेको छ ।

नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको यस होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा ‘हाइ इन्ड’ पर्यटकमार्फत महत्वपूर्ण योगदान पुर्‍याइरहेको र करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन् ।

दश बर्षे द्वन्द्व सुरु हुनुभन्दा अघि परिकल्पना गरी निर्माण सुरु भएको होटल द्वन्द्व चरम उत्कर्षमा रहेको समयमा सन् २००० बाट सञ्चालनमा आएको थियो ।

अप्ठ्यारो राजनीतिक र आर्थिक परिस्थितिबीच होटलको सञ्चालन केही वर्ष घाटामै रहेको र मुलुकमा शान्ति स्थापना भएपछि छोटो समयमा नाफामा जान सक्षम भएको हो ।

होटलले यसअघि आर्थिक वर्ष २०७१/७२,२०७३/७४, २०७४/७५ , २०७५/७६ र २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सम्मानित भइसकेको छ । साथै होटललाई नेपाल सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेवापत विसं २०७६ मा सम्मानित गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी