×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालबाट चिया निर्यात ६९ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपालबाट चिया निर्यात ६९ प्रतिशतले बढ्यो

Artha Sarokar

४ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९.२२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिएका छन् । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ । गत आर्थिक वर्षको सोही अवधीको तुलनामा अलैँची ११.८७ प्रतिशत, अम्रिसो ११.६६ प्रतिशत, छुर्पी ४१.४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७.९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए । उनका अनुसार भेनियर सिटको निर्यात दुई सय ४१.९४ र प्लाइउडको निर्यात २९.६३ प्रतिशले बढेको छ ।

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म रु चार अर्ब ७२ करोड सात लाख २३ हजार राजस्व सङ्कलन भएको जनाएको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७.२२ प्रतिशत हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी