काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार १ सय ९७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको ६० करोड ८७ लाख ३६ हजार १ सय ५२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।