Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ८.३० अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एक्सेल डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ३१ करोड ८ लाख ६४ हजार ७ सय ३७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा बिशाल कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

याता, मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK