×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युरोडका सुन पसलहरूमा थामिनसक्नु भीड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

न्युरोडका सुन पसलहरूमा थामिनसक्नु भीड

Artha Sarokar

१२ मंसिर २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुनको भाउमा कीर्तिमानी घटोत्तरीपछि न्युरोडमा सुन किन्नेहरुको थामिनसक्नुको भीड देखिएको छ । साताको कारोबारको चौथो दिन सुनको भाउ केही बढेपनि दुई दिनको किर्तिमानी घटोत्तरीसँगै काठमाडौंमा विभिन्न सुन पसलहरुमा सुन अभाव भएपछि न्युरोडका पसलहरूमा सुन किन्नेहरू झुमिएका हुन् ।

नियमित रुपमा आफूले सुन किनिरहेका पसलहरुमा सुन नै छैन भन्दै व्यवसायीहरूले फर्काएपछि न्युरोडमा सुन किन्नेहरुको भीड थप बढेको हो । न्युरोडका श्री रिद्धिसिद्धी ज्वेलर्स, सगुन ज्वेलर्स, श्री ॐ ज्वेलर्स लगायतका सुन पसलहरूमा सुन किन्नेहरुको अचाक्ली भीड देखिएको छ ।

भीड बढेपछि केही सुन पसलहरूले आकस्मिक रुपमा कर्मचारीसमेत थप गरेका छन् ।

सरकारले सुनको भन्सार दर घटाएपछि सुनको भाउ ह्वात्तै घटेको थियो । त्यसको दोश्रो दिन पनि सुनको भाउ २६०० ले घटेको थियो भने आज साताको कारोबारको चौथो दिन सुनको भाउ ९ सयले बढेको छ ।

भाउ घटेपछि सुन बेच्नेहरू पनि नगन्य देखिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी