Skip to content
LAXMI SUNRISE BANK

१६ सय रुपैयाँले बढ्यो शुक्रबार सुनको मूल्य

अर्थ सरोकार

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले बढेर एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४५ रुपैयाँले बढेर प्रतितोला १८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २९ हजार तीन सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय ८२ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK