Skip to content
LAXMI SUNRISE BANK

हाइड्रोमै सबैभन्दा महँगो सेयर कुथेली बुखरीको नाफा घट्यो 

अर्थ सरोकार

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रो पावरको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ७.८२ प्रतिशतले घटेको हो । यसअवधिमा कम्पनीले कुल ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेका कारण नाफामा दबाब परेको हो । 

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १ करोड १० लाख रुपैयाँबाट घटेर १ करोड ४ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा कम्पनीको वित्तीय खर्च १८ लाख ७८ हजारबाट घटेर १० लाख रुपैयाँ कायम भएको छ । 

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा रहेको छ । कम्पनीको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK