काठमाडौँ । सुनमा जर्ती नै नकाट्ने क्रान्तिकारी निर्णय गरेपछि अन्य सुनचाँदी व्यवसायीहरुको आँखाको तगारो बनेको रिद्धिसिद्धी ज्वेलर्सले राष्ट्र बैंक विरुद्ध हालेको मुद्धा जितेको छ । सर्वोच्च अदालतले अब सुनसँग सम्बन्धित व्यवसायिक संगठनमा आवद्ध नभएकाहरुलाई पनि सुन किन्न रोक नलगाउन आदेश दिएसँगै अदालतले रिद्धिसिद्धिका पक्षमा आदेश गरेको हो ।
सुनसँग सम्बन्धित व्यावसायिक संगठनमा नरहेकाहरुलाई सुन खरिदमा रोक नलगाउन सर्वोच्चले अन्तरिम आदेश दिएसँगै अब कोटाको सुन व्यवसायीहरुले सिधै किन्न सक्ने भएका छन् ।
रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले व्यवसायीहरूका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।
हाल वाणिज्य बैंकहरुले सुन आयात गरी सुन व्यवसायीका तीन संगठनलाई बिक्री गर्दै आएका छन् । ती संगठनहरुले आफूहरुसँग आबद्ध सुन व्यवसायीहरुलाई मात्रै सुन बिक्री गर्दै आएका थिए ।