×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठग्ने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विदेश पठाउने भन्दै रकम ठग्ने तीन जना पक्राउ

Artha Sarokar

२७ कार्तिक २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिरूवा गाउँपालिका-१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका-९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भई काठमाडौँ महानगरपालिका-२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्का रहेका छन् ।
पक्राउ परेका मध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट रु आठ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एकजनाबाट रु दुई लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु दुई लाख २५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी