×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठग्ने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठग्ने तीन जना पक्राउ

Artha Sarokar

११ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय रविन कोइराला, ३६ वर्षीय पदम बहादुर भुजेल र ४१ वर्षीय कार्त्तिक लाल राजवंशी रहेका छन् ।

पक्राउ परेकामध्ये रविन कोइरालाले एक जनालाई अष्ट्रेलिया पठाउने भन्दै एक लाख रुपैयाँ, पदम बहादुर भुजेलले एक जनालाई सर्बिया पठाउने भन्दै तीन लाख रुपैयाँ र कार्त्तिक लाल राजवंशीले एक जनालाई अल्बानिया पठाउने भन्दै ७ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो ।

हाल उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी