काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नं. ०५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र टोखा नगरपालिका वडा नं. ८ बस्ने २८ वर्षिया मनिषा कुमारी रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये सुवर्ण कुमार बलले एक जनालाई क्रोएसिया पठाउने भन्दै १५ लाख रुपैयाँ र मनिषा कुमारीले एक जनालाई दुबई पठाउने भन्दै २ लाख ४५ हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्