×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भन्टाको मूल्य ३० रुपैयाँले घट्दा ५० रुपैयाँले बढ्यो सुकेको लसुनको मूल्य (मूल्यसूचीसहित )

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भन्टाको मूल्य ३० रुपैयाँले घट्दा ५० रुपैयाँले बढ्यो सुकेको लसुनको मूल्य (मूल्यसूचीसहित )

Artha Sarokar

१२ मंसिर २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भन्टाको मूल्य घट्दा सुकेको लसुनको मूल्य बढेको छ । भन्टाको मूल्य ३० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम ७० रुपैयाँ र सुकेको लसुनको मूल्य ५० रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ७० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ र भारतीय रातो आलु ६० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, लोकल गाजर १४० रुपैयाँ, तराई गाजर १३० रुपैयाँ, बन्दा लोकल ८० रुपैयाँ, बन्दा तराई ७० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ४० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी १४०, मकै बोडी ६०, घिउ सिमी लोकल १५०, टाटे सिमी १२०, मटरकोशा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ६०, लोकल परवर ९० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ७०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ५०, भिण्डी ९०, सखरखण्ड ९०, बरेला ५०, पिंडालू ५०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० र तोरीको साग ५० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ र चमसूरको साग १३० रुपैयाँमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १००, बकूला ११०, कन्य च्याउ १५०, डल्ले च्याउ २००, राजा च्याउ २८०, रुख टमाटर १५०, कुरिलो ११००, ब्रोकाउली १२०, चुकन्दर ११०, जिरीको साग ९०, सेलेरी ३००, पार्सले ७००, पुदिना ५००, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २८०, अदुवा ११०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ५०, खर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) ३००, भेडे खुर्सानी ७०, हरियो लसुन २००, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन ३५०, लसुन सुकेको नेपाली ३५०, छ्यापी सुकेको १४० र छ्यापी हरियो १८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (फूजी) २८०, केरा (दर्जन) १५०, कागती १४०, अनार ३५०, अंगुर (कालो) ३५०, सुन्तला (भारतीय) ९०, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ७०, निबुवा ४०, अम्बा १५०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ४०, लप्सी ५०, स्ट्रबेरी भुईऐसेलु ४००, शरीफा २००, किवि २००, आभोकाडो २०० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी