काठमाडौँ । केही वर्षअघिसम्म काठेखोला गाउँपालिका-५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।
यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् ।
काठेखोला-५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० पालेका छन् । उनले २०७९ साउनदेखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गरेका हुन् ।
फार्ममा रु एक करोड ३५ लाख लगानी गरेका उनले त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गरेका छन् । उनको बाख्रा फार्ममा ८० वटा बोका बिक्रीयोग्य छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्