काठमाडौँ । बागलुङ कालिका भगवती मन्दिरमा एक महिनामा २९ लाख भन्दा बढी भेटी संकलन भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मंसिर महिनामा मन्दिरमा रू २९ लाख १२ हजार छ सय ९० भेटी संकलन भएको हो ।
जसमध्ये १४ लाख ३७ हजार ३९ खर्च भएको छ भने १४ लाख ७४ हजार छ सय ५१ बचत भएको छ । गुठीका अध्यक्ष खड्काका अनुसार मन्दिरमा भक्तजनले समर्पण गरेको भेटीबाट रू १७ लाख आठ हजार छ सय ४०, चामल बिक्रीबाट ३५ हजार एक सय, बोकाबाट रू एक लाख दुई सय ५० र कुखुराबाट सात हजार छ सय रुपैयाँ आम्दानी भएको छ ।
त्यस्तै, राँगोबाट रू दुई हजार, सटर भाडा रू तीन लाख नौ हजार पाँच सय ४०, विवाहबाट रू १० हजार पाँच सय, वनभोजस्थलबाट रू एक हजार, आर्थिक सहयोग रू ४३ हजार दुई सय १०, परेवा बिक्रीबाट रू छ लाख ५४ हजार सात सय ५०, व्रतबन्धबाट रू नौ सय र पण्डितबाट रू १८ हजार चार सय आम्दानी भएको छ ।
यता, कर्मचारीहरूको तलबमा रू चार लाख पाँच सय, बिजुलीमा रू ३५ हजार नौ सय ३०, पूर्वाधार विकासमा रू पाँच लाख २८ हजार छ सय ९८, पूजा खर्च ५५ हजार, पोशाकमा रू ५३ हजार, विज्ञापन खर्च रू छ हजार, मेसिन तथा उपकरण रू २८ हजार, खाद्यान्न र आवासमा रू ७८ हजार, मर्मतसम्भारमा रू १७ हजार र यातायात तथा भ्रमणमा रू एक लाख तीन हजार आठ सय खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्