काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडा बढाएको छ । मंसिर १५ गते नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै क्यानले आन्तरिक हवाई उडानको भाडादर बढाएको हो ।
क्यानले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सबैभन्दा धेरै भाडा बिराटनगर-धनगढीको बढेको छ । यो रुटको भाडादर १ सय २५ रुपैयाँले बढेको हो । अबदेखि बिराटनगर-धनगढीको हवाई भाडादर ८ हजार २ सय ४० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपालगञ्ज-भद्रपुरको भाडा एक सय १५ रुपैयाँले बढेर ७ हजार ४ सय ८० रुपैयाँ पुगेको छ । यता बिराटनगर-नेपालगञ्जको भाडा १ सय १० रुपैयाँले बढेर ६ हजार ८ सय ७५ रुपैयाँ पुगेको छ भने जनकपुर-धनगढीको भाडा पनि एक सय १० रुपैयाँले बढेर ७ हजार २५ रुपैयाँ कायम भएको छ ।
आयल निगमले मंसिर १५ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । इन्धनसँगै बढेको नयाँ हवाई भाडादर बुधबारदेखि कार्यान्वयन हुनेछ । यस्तो छ भाडादरको नयाँ सूची:
Hawai bhada
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्