काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको सञ्चालकमा विकास आनन्द नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १७ मा बसेको ६६औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रुपमा नियुक्ति गरेको हो ।
सोही बैठकले विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको छ । आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख संचालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय संचालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानून लगायतका मामिला हेर्छन् ।
त्यस्तै, सञ्चालको रुपमा नियुक्त भएपश्चात उनले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको सञ्चालकहरु राजेश कुमार पांडा, छपि राज पन्त, स्वतन्त्र सञ्चालक नन्दन हरी शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्