काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । बैंकको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले सीईओमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई माघ १ गतेबाट लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको बैंकले जनाएको छ ।
यसअघि बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईं सीईओ पदमा नियुक्त भएका हुन् ।
चापागाईंसँग बैंकिङमा ३३ वर्ष लामो अनुभव छ । उनले नबिल बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्