×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

Artha Sarokar

८ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुनसरी सदरमुकाम इनरुवा-५ का रमेश कटुवालले ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उनले आफूसहित दुईजनाको साझेदारीमा रु ३१ लाख लगानी ६ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् ।

पोखरीमा बिगेट, रेहु, नैनी, कोमन, पंगास (बैखी) जातको माछा पालिएका छन् । उनले भने, ‘वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।’ पोखरीबाट वार्षिकरुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन भएको छ भने पंगास(बैखी) जातको एक सय क्विन्टल उत्पादन भएको उनले बताए । पछिल्लो समय व्यवसायी कटुवालले परम्परागतसँगै नयाँ प्रजातिका माछा उत्पादन गर्दै आएका छन् ।

जिल्लाका विभिन्न स्थानमा पंगास अर्थात् बैखी माछापालनमा आकर्षण देखिएको छ  । किसानले यसको व्यावसायिक उत्पादन सुरु गरेको उनको भनाइ छ । कम क्षेत्रफलमा थोरै लगानीले यो जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढी रहेको उनको भनाई छ ।

सबै उमेर समूहका मानिसले यसको स्वाद मन पराउन थालेपछि पंगास माछापालनलाई व्यावसायिक रूपमा गर्दै आएको उनले जानकारी दिएका छन् । परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको उनले बताए । पंगास माछापालनको क्षेत्रफल वार्षिकरुपमा बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले जनाएको छ । सुनसरीमा पाँच सय ८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको केन्द्रका निमित्त कार्यालय प्रमुख डा मनोजकुमार महतोले जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी