×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाराही जंगल लजकी नेचर गाइड एलिना अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बाराही जंगल लजकी नेचर गाइड एलिना अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Artha Sarokar

२४ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड ‘टिओएफ टाइगर्स लज नेचुरिलष्ट’ बाट सम्मानित भएकी छन् । परम्परागत रूपमा पुरुषहरूको प्रभुत्व रहेको जंगली जीवजन्तुको संरक्षण, दिगो पर्यटन र महिलाहरूको सशक्तिकरणमा पुर्‍याएको अद्वितीय योगदानको कदर गर्दै एलिनालाई अवार्ड प्रदान गरिएको हो ।

एलिनाले अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै यसवर्षको अवार्ड हात पारेकी हुन् । उनलाई गत शुक्रबार भारतको नयाँदिल्लीस्थित बिकानेर हाउसमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो । उनी यो अवार्ड पाउने एकमात्र महिला हुन् । प्रकृतिप्रति असाधारण प्रेम र समर्पण भएकी एलिना पारिवारिक पृष्ठभूमिका कारण पनि संरक्षण क्षेत्रमा लागेकी हुन् ।

त्यस्तै, पर्यटन क्षेत्रमा क्रियाशिल बुबा डिबि चौधरी र वन्यजन्तु संरक्षणमा क्रियाशिल हजुरबुबाका कारण आफूलाई पनि यसै क्षेत्रमा लाग्ने प्रेरणा मिलेको एलिना बताउँछिन् । २०१९ मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बाट नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी अलिना २०२१ देखि बाराही जंगल लजमा काम गर्न थालेकी हुन् । त्यसपछि उनले चितवन राष्ट्रिय निकुञ्जमा चराहरूको संरक्षण परियोजनामा आवद्ध भइन् ।

बाराही जंगल लजका महाप्रबन्धक प्रकाश चन्दले एलिनाको सफलतामा गर्व लागेको बताउँदै भनिन्, ‘अलिनाको सफलता संरक्षण क्षेत्रमा महिलाहरूको तागत र समर्पणको उदाहरण हो । उनको कडा मेहनत र जोशले वन्यजन्तु र पर्यटनको परिदृश्यलाई परिवर्तन गर्दैछ । उनी र उनीजस्ता अरूलाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।’

प्रतिष्ठित अवार्डमार्फत एलिनामात्र नभइ समावेशीता र महिला सशक्तिकरणका क्षेत्रमा बाराही जंगल लजले अपनाएको कार्यशैली पनि सम्मानित भएको उनको भनाइ छ । आगामी दिनमा पनि बाराही जंगल लजले सशक्त र समावेशी वातावरण निर्माण गर्दै महिलालाई नेतृत्वका थप अवसर प्रदान गर्ने चन्दले बताए ।

चितवन राष्ट्रिय निकुञ्जस्थित राप्ती नदीको किनारमा अवस्थित बाराही जंगल लज पर्यावरणमैत्री गन्तव्य हो । यसले आरामदायी आतिथ्यतासँगै प्रकृति संरक्षण र विविधताको प्रवर्द्धनको मूल उद्देश्यका साथ स्थापना गरिएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी