×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिए दाहाल बने आईसिएइडब्लुका पहिलो नेपाली काउन्सिल सदस्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिए दाहाल बने आईसिएइडब्लुका पहिलो नेपाली काउन्सिल सदस्य

Artha Sarokar

११ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट कृष्णप्रसाद दाहाल इंग्ल्याण्ड र वेल्सको चार्टर्ड एकाउन्टेन्ट इन्स्टिच्युट (आईसिएइडब्लु) को काउन्सिल सदस्यको रूपमा चयन भएका छन् । उनी सन् २०२५ देखि आगामी चार वर्षका लागि काउन्सिल सदस्यमा चयन भएका हुन् ।

दाहाल १२५ सदस्य रहेको विश्वव्यापी काउन्सिलको सदस्य बन्ने पहिलो नेपाली नागरिक हुन् ।

उनले उक्त भूमिकामा अडिट र आश्वासन फ्याकल्टीको प्रतिनिधित्व गर्नेछन् । इंग्ल्याण्ड र वेल्सको चार्टर्ड एकाउन्टेन्ट इन्स्टिच्युट (आईसिएइडब्लु) एक उच्चतम पेशेवर लेखा संस्था हो, जसले लेखा र वित्तीय क्षेत्रमा संसारकै सबैभन्दा समृद्ध प्राविधिक स्रोतहरूलाई समेटेको छ । आईसिएइडब्लुले विश्वभरिका चार्टर्ड एकाउन्टेन्ट र विद्यार्थीहरूलाई प्रवर्द्धन, विकास र समर्थन गर्दछ । डिसेम्बर २०२३ सम्म यसको २,०८,००० भन्दा बढी सदस्य र विद्यार्थीहरू १४६ देशहरूमा रहेका छन् । आईसिएइडब्लु सन् १८८० मा एक ब्रिटिश रोयल चार्टरद्वारा स्थापित भएको हो ।

यो संस्था चार्टर्ड एकाउन्टेन्ट्स वर्ल्डवाइड (CAW) को संस्थापक सदस्य पनि हो, जुन एक अन्तर्राष्ट्रिय लेखा संस्थाहरूको नेटवर्क हो ।  जसले १९० भन्दा बढी देशहरूमा १.८ मिलियन भन्दा बढी सदस्य र विद्यार्थीहरूको प्रतिनिधित्व गर्दछ ।

काउन्सिल चयन भएका दाहालले युके च्याप्टर, द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाका अध्यक्षको रूपमा र ACCA- हारो नेटवर्क प्यानलको अध्यक्षको रूपमा जिम्मेवारी निभाइसकेका छन् । उनी Focus Somar Audit & Tax Accountants UK का प्रबन्ध साझेदार हुन् भने Ballards Newman, Chartered Accountants का पनि प्रबन्ध साझेदार हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी