×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिमेन्टको मूल्यमा ‘कार्टेलिङ’, २० प्रतिशतले बढ्यो भाउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिमेन्टको मूल्यमा ‘कार्टेलिङ’, २० प्रतिशतले बढ्यो भाउ

Artha Sarokar

१६ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिमेन्टको मूल्य २० प्रतिशतले बढेको छ । सिमेन्ट उद्योगीहरुले सिमेन्ट भाउ प्रतिबोरा १ सय रुपैयाँले बढाएका हुन् । 

योसँगै यसअघिसम्म प्रतिबोरा ५ सय रुपैयाँ पर्ने सिमेन्टलाई अब भने ६ सय रुपैयाँ पर्नेछ । 

यता निर्माण व्यवसायीहरुले भने सिमेन्टको मूल्यमा ‘कार्टेलिङ’ भएको आरोप लगाएका छन् । विगत एक वर्षदेखि उद्योगीहरुले सिमेन्टको भाउ बढाउन खोजे पनि केही सिमेन्ट उद्योग भाउ बढाउन तयार नभएपछि सिमेन्टको भाउ बढाउने प्रयासमा सिमेन्ट उद्योगहरु असफल भएका थिए । 

तर, यसपालि अधिकांश ठूला उद्योगहरुको मिलेमतोमा मूल्यवृद्धिसहित सिमेन्टको मूल्य तय भएको व्यवसायीको भनाई छ । 

अर्कोतर्फ सिमेन्ट उद्योगहरुले भने विगतमा सिमेन्टको मूल्यमा एकरुपता नहुँदा कतिपयले लागतभन्दा पनि सस्तोमा सिमेन्ट बेचिरहेको र कतिपयको सिमेन्ट बिक्री नै नुहने स्थिति आएको भन्दै हाल त्यसलाई सच्याउने प्रयास गरिएको बताएका छन् । उनीहरुले यसले बजारमा सिमेन्ट उद्योगहरुबीच स्वस्थ प्रतिष्पर्धा हुने विश्वास व्यक्त गरेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी