×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काउलीको मूल्य घट्यो, लोकल परवरको मूल्य बढ्यो (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काउलीको मूल्य घट्यो, लोकल परवरको मूल्य बढ्यो (मूल्यसूचीसहित)

Artha Sarokar

२५ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काउलीको मूल्य घट्दा लोकल परवरको मूल्य बढेको छ । काउलीको मूल्य १० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम ५० रुपैयाँ र लोकल परवरको मूल्य २० रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ७० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ७२ रुपैयाँ र भारतीय रातो आलु ६० रुपैयाँ प्रतिकेजी रहेको छ।

त्यसैगरी, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ६०, तने बोडी १००, मकै बोडी ५०, घिउ सिमी लोकल १००, टाटे सिमी ११०, मटरकोशा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ५०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ५०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ९०, पिंडालू ७०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २५ र तोरीको साग ४० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ र चमसूरको साग ९० रुपैयाँमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, बकूला ११०, तरुल ८०, कन्य च्याउ १५०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, रुख टमाटर १५०, कुरिलो १०००, ब्रोकाउली ८०, चुकन्दर ७०, जिरीको साग ९०, सेलेरी ३००, पार्सले ७००, पुदिना ३००, गान्टे मुला ९०, इमली १४५, तामा ९०, तोफु ११०, गुन्द्रुक २८०, अदुवा ११०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ५०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) २८०, भेडे खुर्सानी ७०, हरियो लसुन २००, हरियो धनियाँ १००, चाइनिज सुकेको लसुन ३५०, लसुन सुकेको नेपाली ३५०, छ्यापी सुकेको १४०, छ्यापी हरियो ३००, ताजा माछा (रहु) ३४५, ताजा माछा (बचुवा) २५० र ताजा माछा (छडी २४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (फूजी) २८०, केरा (दर्जन) १५०, कागती १३०, अनार ३५०, हरियो अंगुर २००, सुन्तला (भारतीय) ९०, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ९०, निबुवा ६०, अम्बा १८०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ६०, लप्सी ४०, स्ट्रबेरी भुईऐसेलु ४००, शरीफा २००, किवि २००, आभोकाडो २०० र अमला ५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी