काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल पदमुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः पदमुक्त भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए उ स्वतः निलम्बन हुने व्यवस्था छ ।
‘निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन ।’, उक्त ऐनमा भनिएको छ ।

सोही ऐन अनुसार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै सिलवाल पदमुक्त भएका हुन् । सिलवाल पदमुक्त भएसँगै बीमा प्राधिकरणको अध्यक्ष को बन्ने ? भन्ने चर्चा सुरु भएको छ ।
स्रोतका अनुसार भ्रष्टाचार मुद्दा दायर भएर सिलवाल पदमुक्त भएसँगै प्राधिकरणको अध्यक्ष पदका लागि पाँच जनाले लविङ सुरु गरिसकेका छन् । जसमध्ये एकजना नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्ण बहादुर कार्की रहेको स्रोतको दाबी छ । तर, यसपालि प्राधिकरणको अध्यक्ष नेपाली काँग्रेसको भागमा परेकोले काँग्रेस निकट व्यक्ति नै प्राधिकरणको अध्यक्ष बन्ने चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्