काठमाडौँ । नेपालमा द्विपक्षीय लगानी तथा आर्थिक विकासका लागि नेपाल प्राइभेट इक्विटी एशोसिएसन (एनपीईए) र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) ले सहकार्य गर्ने भएका छन् । दुई पक्षबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक सम्झौता भएको हो ।
नेपालका विभिन्न व्यावसायिक तथा निजी क्षेत्रका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रमबीच एनपीईएका अध्यक्ष सिद्धान्तराज पाण्डे र एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा नेपालमा आकर्षक लगानीको वातावरण सिर्जना गर्न तथा नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि रणनीतिक साझेदारी गर्न दुवै संस्था सहमत भएका हुन् ।
सम्झौताअनुसार एनपीईए र एमच्यामबीच मुख्यतस् स्रोतको आदानप्रदान, विभिन्न कार्यक्रममा सहभागिता र बजार विश्लेषणका क्षेत्रमा सहकार्य हुने छ ।
‘एमच्यामसँगको यस साझेदारीमा सामेल हुन पाउँदा हामी उत्साहित भएका छौं र यसले नेपालमा निजी क्षेत्रको प्रगतिको लागि महत्वपूर्ण भूमिका खेल्नेछ,’ एनपीईएका अध्यक्ष पाण्डेले भने, ‘यस सहकार्यमार्फत हामीले ज्ञान आदानप्रदान, नयाँ लगानीका अवसरहरू पहिचान तथा व्यापार वृद्धिका लागि एक सशक्त प्रणाली निर्माण गर्ने लक्ष्य राखेका छौं ।’
एमच्यामका अध्यक्ष श्रेष्ठले नेपाल र अमेरिकाबीच द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनका लागि यस्ता प्रकारका सहकार्य हुनुपर्ने बताए । ‘यो साझेदारीले दुवै संस्थालाई मूल्यवान जानकारी र स्रोत प्रदान गर्ने मौका दिनुका साथै दुवै पक्षका व्यवसायहरूलाई नयाँ अवसरहरूको खोजी गर्न मद्दत पुर्याउनेछ ।’
सम्झौताअनुसार एनपीईए र एमच्यामले बजार अनुसन्धान र तथ्यांक आदानप्रदान गर्दै नयाँ व्यापार र लगानीका अवसरहरूको पहिचान गर्नेछन् । यसका साथै, उनीहरूले प्रमुख सरोकारवाला र निर्णयकर्तासँग सम्बन्ध विस्तार गर्दै विभिन्न मञ्चहरूमा पहुँच उपलब्ध गराउन एकअर्कालाई सहयोग पर्याउनेछन् ।
नेपाललाई विश्वव्यापी लगानी केन्द्रका रूपमा स्थापित गर्न यो सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ । त्यसका लागि एनपीईए र एमच्यामले आ-आफ्ना स्रोत र विशेषज्ञता परिचालन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायको क्षेत्रमा नेपाललाई स्थापित गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्