काठमाडौँ । जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । नेपालगञ्जमा इट्टाभट्टा रहेको जमिनमुनिबाट सुन निकाल्ने भन्दै करोडौँ ठगी गर्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई पक्राउ परेका हुन् ।
हलवाईलाई पीडितले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका-४ बसपार्कबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हलवाईले नेपालगञ्ज उपमहानगरपालिका-१९ स्थित मोहनपुर ईट्टाभट्टा भएको जमिनमुनि सुन भएको र उक्त सुन निकालिदिन्छु भन्दै २ करोड रुपैयाँ ठगी गरेको भेटिएको छ ।
हलवाईले सुन निकालिदिन्छु भन्दै पटकपटक गरी २ करोड रुपैयाँ पीडितबाट असुल गरेका थिए । तर, आफू ठगिएको थाहा पाएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा हलवाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्