×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोरू डिजिटल वालेट पब्लिक लिमिटेड कम्पनीमा परिणत हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मोरू डिजिटल वालेट पब्लिक लिमिटेड कम्पनीमा परिणत हुँदै

Artha Sarokar

१६ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मोरू डिजिटल वालेटले आफ्नो सेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फिनटेक क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको मोरूले अब आम नागरिकलाई पनि कम्पनीको हिस्सा बन्ने अवसर प्रदान गर्ने योजना तर्जुमा गरेको हो ।

मोरुका संचालक ऋषि राम अधिकारीले भने, ‘अहिले हामी कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गर्ने चरणमा छौं । त्यसपछि नेपाल राष्ट्र बैँक र नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायहरूको आवश्यक प्रक्रिया पूरा गरेर आईपीओ ल्याउने योजना छ । हाम्रो उद्देश्य ग्राहकहरूलाई अझ उत्कृष्ट सेवा प्रदान गर्दै लगानीकर्ताहरू माझबाट फिनटेक क्रान्ति गर्ने हो ।’

हालसम्म, मोरू डिजिटल वालेटले आफ्नो प्रयोगकर्ताहरूको लागि नयाँ नयाँ सुविधा ल्याउँदै आएको छ । पेमेन्ट लेजर र च्याट जस्ता सुविधाले ग्राहकहरूको कारोबारमा सुधार ल्याएको छ भने डिजिटल कर्जाको सेवा ल्याउने योजनाले भविष्यमा फिनटेक क्षेत्रको सम्भावनालाई अझ प्रखर बनाउने कम्पनीले दावी गरेको छ ।

कम्पनीले नियमक निकायको स्वीकृति पश्चात आईपीओको मिति र प्रक्रिया सार्वजनिक गर्ने जनाएको छ । यस घोषणाले नेपालको डिजिटल भुक्तानी क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

मोरूका वर्तमान ग्राहक, संस्थापक र सम्भावित लगानीकर्ताहरू सबैले यो घोषणालाई सकारात्मक रूपमा लिएका छन् । यो कदमले मोरूको बजार स्थानलाई थप सुदृढ बनाउने र फिनटेक क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ।

अहिले नेपालका फिनटेक कम्पनीहरूलाई प्रतिस्पर्धात्मक बनाउन र डिजिटल इकोसिस्टमलाई सुदृढ बनाउने दौडमा मोरूले एक महत्वपूर्ण कदम चालेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी