×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्लाभित्रै कारोबार गर्ने सहकारीमा १० लाख बढी राख्न नपाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जिल्लाभित्रै कारोबार गर्ने सहकारीमा १० लाख बढी राख्न नपाइने

Artha Sarokar

११ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एउटा जिल्ला भित्र कारोबार गर्ने सहकारीमा अबदेखि १० लाख भन्दा धेरै रकम बचत गर्न नपाइने भएको छ ।

मन्त्रिपरिषद्ले पारित गरेको अध्यादेशमा एउटै जिल्लाभित्र मात्र कारोबार गर्ने सहकारीमा १० लाख भन्दा बढी रकम बचत गर्न नपाइने प्रावधान राखिएको हो । तर, अध्यादेश राष्ट्रपतिबाट प्रमाणिकरण हुन बाँकी छ ।

अध्यादेशमार्फत सरकारले एक जिल्ला भन्दा बढी कार्यक्षेत्र रहेको सहकारीमा २५ लाखसम्म बचत राख्न पाइने व्यवस्था गरेको छ । त्यस्तै, एक प्रदेशभन्दा धेरै प्रदेशमा कार्यक्षेत्र रहेको सहकारीमा भने ५० लाख रुपैयाँसम्म बचत राख्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, अध्यादेशले सहकारी संस्थामा १० लाख रुपैयाँ भन्दा धेरै बचत गर्दा रकमको स्रोत अनिवार्य खुलाउनुपर्ने व्यवस्था गरेको छ । यदि स्रोत खुलाइएको छैन भने उक्त रकम सहकारीमा राख्न पाइने छैन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी