×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुससहित पक्राउ परेका ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

घुससहित पक्राउ परेका ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

Artha Sarokar

११ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रोल्पाका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका बुढाथोकीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बुढाथोकीलाई सवारी साधन आवत÷जावत गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा २५ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी