Skip to content
LAXMI SUNRISE BANK

रविलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थिति गराइएका लामिछानेलाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

योसँगै रवि लामिछाने थप ४ दिन जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा रहने भएका छन् ।

यसो त आइतबार सरकारी वकिल कार्यालय कास्कीले रविमाथि अनुसन्धान गर्न १३ दिनको म्याद मागेको थियो । तर, अदालतले ४ दिन मात्रै म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ गरिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK